FAQs Complain Problems

समाचार

निर्माण कार्यको बोलपत्र आव्हान सम्बन्धि सूचना २०७५/१२/२९

निर्माण कार्यको बोलपत्र आव्हान सम्बन्धि सूचना
(सूचना प्रकाशित मिति :– २०७५/१२/२९)

यस कार्यालयले निम्न निर्माण कार्यहरु बोलपत्रको माध्यामबाट खरिद कार्य गर्नु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छूक निर्माण व्यवसायीबाट निम्नबमोजिमको शर्त पालना गर्ने गरी रितपूर्वकको गोप्य बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
१.    ईच्छुक बोलपत्रदाताहरुले बोलपत्र दस्तुर वापत तपसीलमा उल्लेख भए बमोजिम फिर्ता नहुने गरी तपसिल बमोजिम रकम कुमारी बैंक, वागमती शाखा, ललितपुर स्थित संचित कोष खाता नं. ०७९००३४६९४२००००३ मा जम्मा गरी आ.व. ०७४/०७५ को लागि नवीकरण गरिएको इजाजतपत्र, स्थायीलेखा दर्ता प्रमाणपत्र, मूल्यअभिवृद्धि कर दर्ता प्रमाणपत्र र आ.व. ०७४÷७५ सम्मको कर चुक्ता प्रमाणपत्रहरुका प्रमाणित प्रतिलिपि पेश गरी https://bolpatra.gov.np/egp/searchOpportunity बाट बोलपत्र सम्बन्धी कागजातहरु डाउनलोड गरी लिन सकिनेछ ।
२.    खरिद भएका बोलपत्रहरु सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको ठीक १२ः०० बजे भित्र इ˗विडिङ मार्फत् दर्ता गराउन सकिनेछ । दर्ता हुन आएका बोलपत्रहरु सूचना प्रकाशित भएको मितिले ३१ औं दिन दिनको ठीक २ः०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिहरु र कार्यालयका प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा निजका प्रतिनिधिहरुको अनुपस्थितिमा पनि बोलपत्र खोल्न कुनै बाधापर्ने छैन ।
३.    बोलपत्रसम्वन्धी कागजात खरिद गर्ने तथा दाखिला गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ ।  
४.    बोलपत्र साथ जमानत वापत उल्लेख भए अनुसारको रकम यस कार्यालयको कुमारी बैंक, वागमती शाखा, ललितपुर स्थित धरौटी खाता नं. ०७९००३४६९४२००००४ मा जम्मा गरेको सक्कल बैँक भौचर वा घटिमा बोलपत्रदर्ता गर्ने अन्तिम मितिबाट ९० दिन म्याद भएको नेपाल सरकारबाट मान्यताप्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममाजारी भएको बिडवण्ड अनिवार्य रुपले पेश गर्नु पर्ने छ ।
५.   विलअफ क्वान्टिटि, स्पेशिफिकेशन समेत संलग्न भएको बोलपत्र सम्बन्धि कागजातहरु https://bolpatra.gov.np/egp/searchOpportunity बाट उपलब्ध गराईएको छ । यो सूचना तथा बोलपत्र सम्बन्धि कागजातमा उल्लेखित भएका शर्त बमोजिम प्राप्त नभएका बोलपत्र माथि कार्यालयले कुनै कारवाही गर्ने छैन ।
६.    बोलपत्रशर्त रहित, केरमेट नभएको, कार्यालयले उपलब्ध गराएको बोलपत्र पूस्तिकामा कूनै थपघट वा द्रष्टब्य नलेखेको हुनु पर्ने छ । समय भित्र प्राप्त नभएको, रीत नपूगेको, सुचनाका शर्त विपरीत भएको बोलपत्रमाथि कारवाही हुने छैन ।
७.    बोलपत्रसम्वन्धी कागजातहरुको प्रत्येक पानामा बोलपत्रदाताले दस्तखत गरी फर्मको छाप लगाउनुपर्नेछ । बोलपत्रको प्रत्येक आईटम दररेट (भ्याटबाहेकको) अंक र अक्षरमा बुझिने गरी भर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएकोमा स्पष्टसंग दस्तखत भएको हुनुपर्नेछ ।
८.    बोलपत्र स्वीकृत गर्ने, नगर्ने तथा आंशिक रुपमा स्वीकृत गर्ने सम्पुर्ण अधिकार कार्यालयमा निहित रहनेछ ।
९.    यस सम्बन्धी अन्य थप कुरा बूझ्न आवश्यक परेमा यस कार्यालयको वेभ साइट ठेगाना www.bagmatimunlalitpur.gov.np मा भिजिट गरी सम्पर्क राख्न सकिने छ ।
१०.    यस सूचनामा उल्लेख नभएका कुराहरु सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावलि २०६४ र अन्य प्रचलित संघ, प्रदेश तथा स्थानीय ऐन, नियम, कानुनअनुसार हुनेछ ।

तपसिल :

ठेक्का संकेत नं. कामको विवरण बोलपत्र दस्तुर रु. लागतअनुमान/बोलपत्रजमानत रकम रु. बोलपत्रखरिद गर्ने अन्तिममिति
NCB/BAGL/001/075-76 थाङसिंटार अस्पताल भवन निर्माण कार्य
वागमती ४, प्युटार, ललितपुर
५०००।– बोलपत्र जमानत रु. ९,२५,०००।– प्रथम पटक सूचना प्रकाशित मितिबाट तीस दिनभित्र
NCB/BAGL/001/075-76 भट्टेडाडाँ˗इकुडोल हुँदै आश्राङ जाने मोटरबाटो निर्माण, वागमती˗ ३, ५ र ६, ललितपुर ३०००।- लागत अनुमानरु. १,९३,७६,०००   (भ्याट समेत)
बोलपत्र जमानत रु. ४,८५,०००।–
प्रथम पटक सूचना प्रकाशित मितिबाट तीस दिनभित्र

                                                                                                                             प्रमुख प्रशासकीय अधिकृत

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: