FAQs Complain Problems

समाचार

प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत बेराेजगारहरुका लागि न्यूनतम राेजगारीमा स‌ंलग्न हुनका लागि अत्यन्त जरुरी सूचना

राेजगारीकाे हकसम्बन्धी ऐन २०७५ ले निर्धारण गरेकाे व्यवस्था बमोजिम प्रधानमन्त्री राेजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ काे दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०७६/७७ मा स्थानीय मातहत रहेका राेजगार सेवा केन्द्रको समनुवयमा प्रदान गरिने १०० दिन बराबरको न्युनतम राेजगारी कार्यक्रममा संलग्न भई आफ्नाे सीप र क्षमताले भ्याएसम्म देश विकास निर्माण कार्यमा अाफ्नाे याेगदान गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेरका नेपाली नागरिकहरुले बेराेजगार व्यक्तिको सूचिमा सूचिकृत हुन आफूले स्थायी बसाेबास गरेकाे वडा कार्यालयमा २०७५ चैत्र महिना भित्र निवेदन दिनुहुन बागमती गाउँपालिकाका सम्पूर्ण महानुभावहरुकाे जानकारीका लागि याे सूचना प्रकाशित गरिएको छ । अन्य अावश्यक जानकारीका लागि यस बागमती गाउँपालिकाकाे राेजगार संयाेजक श्री देवकी अाचार्य (सम्पर्क नं. ९८४१२६७४७२) सँग सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

नाेट: निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुने र निवेदनकाे ढाँचा यस गाउँपालिकाकाे website: www.bagmatimunlalitpur.gov.np बाट डाउनलाेड गर्न सकिने छ ।

फारम डाउनलाेड गर्नुहाेस् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: