FAQs Complain Problems

समाचार

वडा नं. ३ भट्टेडाँडा

बागमति गाउँपालिका वडा नं. ३ भट्ट्डाँडा, ललितपुर जिल्लाको सदरमूकाम पाटन देखि करिव ३० कि.मि. दक्षिणमा अवस्थित रहेको छ । कान्ती लोकपथको करीव २० कि.मि. सडक यसै वडाको मध्य भागमा अवस्थित रहेको छ । यस वडाको पूर्वमा काेञ्जाेशाेम गाउँपालिका र बागमती गाउँपालिका वडा नं. ५, पश्चिममा बागमती गाउँपालिका वडा नं. २ माल्टा, उत्तरमा गाेदावरी नगरपालिका र काेञ्जाेशाेम गाउँपालिका, साथै दक्षिणमा बागमती गाउँपालिका ४ प्युटार र बागमती गाउँपालिका ५ इकुडोल रहेका छन् । बागमति गाउँपालिका वडा नं. ३ काे कुल क्षेत्रफल    वर्ग किलाेमिटर रहेकाे छ । यस वडामा ४२९ घरधुरी रहेकाे छ भने यसकाे जनसंख्या  २०५७ रहेकाे छ । यस वडाकाे भट्टेडाँडामा बागमति गाउँपालिकाकाे कार्यालय रहेकाे छ । पर्यटकीय हिसाबले यस वडामा थुप्रै स्थानहरु रहेका छन् जसमा चर्चित नेपाल नागरिक उड्डयन प्राधिकरणकाे राडार स्टेसन्, सिद्धेश्वर महादेव, महाकालीदेवी मन्दिर आदि रहेका छन् । यस वडाकाे सबै बसाेबासका क्षेत्रहरुमा सडक सञ्जाल विस्तार भएकाे छ । वडामा १ माध्यमिक विद्यालय, ७ आधारभूत विद्यालय , १ स्वास्थ्य चाैकी, १ प्रहरी चाैकी, १ बैँक, १७ सहकारी संस्थाहरु रहेका छन् । खानीखाेला हाइड्राे पावरबाट ६ मेगावाट विद्धुत उत्पादन भइरहेकाे छ । ग्रामिण समूदायको बसोबास रहेको यस गा.वि.स.मा मूख्यत तामाङ, बा्रह्मण, क्षेत्री र दलित लगायत जातिको बाहुल्यता छ । यस गा.वि.स.मा वसोवास गर्ने मानिसहरुको प्रमूख पेशाको रुपमा कृषि, पशुपालन, वैदेशिक रोजगार रहेको छ ।

जन प्रतिनिधी विवरण

क्र.सं. पद नाम सम्पर्क
वडा अध्यक्ष श्री नवराज खड्का ९८४३९०१७७२
महिला सदस्य श्री पुष्पा थिङ तामाङ ९८६०१०२७२१
दलित महिला सदस्य श्री सुशिला सुनार ९८६३९२७२६२
खुल्ला सदस्य श्री वीर बहादुर स्याङ्तान ९८४०५८४७८९
खुल्ला सदस्य श्री राम लाल थिङ ९८६३७१४०६२

 

Population: 
२०५७
Ward Contact Number: 
9843901772