समाचार
करार सेवामा पदपूर्ती सम्बन्धी सूचना
करार सेवामा पदपूर्ती सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८१/०५/०५ गते)
यस बागमति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय वा अन्तर्गत देहाय बमोजिमको पदहरुमा देहायको संख्या र योग्यता भएको कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयसम्म तोकिएको दरखास्त दस्तुर तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
शैक्षिक योग्यता र अनुभव :
विज्ञापन नं. | सेवा करारमा लिने पद | कार्यक्रम | पद संख्या | न्यूनतम शैक्षिक योग्यता | कैफियत |
००१-०८१/०८२ | पशु चिकित्सक | एक पालिका एक भेटेरिनरी डाक्टर | १ | मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट पशु चिकित्सा विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र परिषदमा दर्ता भएको, अन्य प्रचिलत कानूनद्वारा अयोग्य नभएको | |
००२-०८१/०८२ | कृषि स्नातक | कृषि स्नातक करार | १ | मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट कृषि विज्ञान विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र परिषदमा दर्ता भएको, अन्य प्रचिलत कानूनद्वारा अयोग्य नभएको | |
००३-०८१/०२ | सामाजिक परिचालक | गरिबसँग विश्वेश्वर कार्यक्रम | १ | एस्.एल्.सी. / एस्.ई.ई. वा सो सरह उत्तीर्ण भएको र अन्य प्रचिलत कानूनद्वारा अयोग्य नभएको |
आवेदनमा संलग्न गर्नुपर्ने : दरखास्त दस्तुर तिरेको सक्कल रसिद, उमेदवारको नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, परिषद् दर्ता प्रमाणपत्रको प्रतिलिपि (पशु चिकित्सकको हकमा), पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्ने ।
आवेदन दस्तुर : विज्ञापन नं. ००१-०८१/०८२ र ००२-०८१/०८२ को हकमा रु १,२००।- र विज्ञापन नं. ००३-०८१/०८२ को हकमा रु ३००।-
आवेदन पेश गर्ने स्थान : बागमती गाउँपालिकाको कार्यालय, छपेली
कार्यविवरण, पारिश्रमिक र सेवा सर्त :- विज्ञापन नं. ००१-०८१/०८२ र ००२-०८१/०८२ को हकमा स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०८० मा उल्लेख भए बमोजिम हुने छ । विज्ञापन नं. ००३-०८१/०८२ को हकमा गरिवसँग विश्वेश्वर कार्यक्रम कार्यान्वयन निर्देशिका (तेस्रो संशोधन), २०६६ मा उल्लेख भए बमोजिम हुनेछ ।
नोट - परीक्षा सम्बन्धी सम्पूर्ण जानकारी अर्को सूचना मार्फत जानकारी गराइनेछ । थप जानकारीका लागि कार्यालय समयमा ९८५१२५५९००, ९८५७०५०३०९ र ९८४१६९९७८२ मा सम्पर्क गर्न सकिनेछ ।