FAQs Complain Problems

समाचार

जग्गा अावश्यक परेकाे सम्बन्धी सूचना

जग्गा आवश्यक परेको सम्बन्धी सूचना ।

    यस बागमती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको भवन निर्माणको लागि वडा नं. ३, छपेली आसपास जग्गा आवश्यक परेको र जग्गा निःशुल्क वा सशुल्क प्राप्तिका लागि यस अघि सूचना प्रकाशन गर्दा निःशुल्क जग्गा उपलब्ध गराउन कुनैपनि निवेदन प्राप्त नभएको र सशुल्क जग्गा उपलब्ध गराउन विभिन्न तीन वटा निवेदन पर्न आएकोमा निवेदकले उपलब्ध गराउन चाहेको जग्गा भौगोलिक, आर्थिक, प्राविधिक सम्पूर्ण रुपले उपयुक्त भए नभएको जाँचबुझ गरी प्रतिवेदन पेश गर्न वडा नं. ३ का वडा अध्यक्ष श्री विष्णु प्रसाद तिमल्सिनाको संयोजकत्वमा एक उपसमिति गठन भई स्थलगत अध्ययन हुँदा उक्त समितिबाट प्रस्तावित जग्गा मध्ये कुनै आर्थिक रुपले कुनै भौगोलिक रुपले उपयुक्त नदेखिएको भन्ने प्रतिवेदन प्राप्त हुन आएकोले पुनः निःशुल्क वा सशुल्क जग्गा प्राप्त गर्न सार्वजनिक सूचना प्रकाशन गर्न भनी मिति २०७५/१०/१५ गते गाउँ कार्यपालिका बैठकबाट निर्णय भएकोले वडा नं. ३ छपेली आसपास सात रोपनी जग्गा निःशुल्क वा सशुल्क एक्ला एक्लै वा सगोलमा उपलब्ध गराउन सकिने हो ? सम्बन्धित जग्गा धनिले यो सूचना प्रकाशन भएको मितिले सात दिन भित्र निम्नानुसार कागजातहरु संलग्न राखी कार्यालयमा निवेदन दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिल
१. जग्गा धनीको नगरिकताको प्रतिलिपी ।
२. जग्गा धनीपूर्जाको प्रतिलिपी ।
३. ०७५/०७६ को तिरो तिरेको रसिद ।
४. सम्बन्धित जग्गाको नक्सा ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: