समाचार
न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने म्याद थप गरिएको सूचना
रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११ रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०७६/७७ का लागि न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिने म्याद २०७६ साल बैशाख मसान्तसम्मका लागि थप गरिएको हुँदा ईच्छुक बेरोजगार व्यक्तिहरुले आफू स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।