FAQs Complain Problems

पूर्ण खोप सूनिश्चत बागमती गाउँपालिका

बागमती गाउँपालिका ललितपुरको पालिका कार्यालयमा मिति २०८०/०३/०५ गते पालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको घोषणा कार्यक्रम मार्फत बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकाको प्रमुख श्री विर बहादुर लोप्चनको अध्यक्षतामा सम्पन्न उक्त घोषणा कार्यक्रममा स्वास्थ कार्यालय ललितपुरको प्रमुख डा. अर्जुन प्रसाद सापकोटाको प्रमुख आतिथ्यता एवम् सोही कार्यालयका खोप अधिकृत पार्थमणी न्यौपानेको विशेष आतिथ्यता साथै गाउँपालिका उपप्रमुख भक्त बहादुर दर्लामी मगर, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, सात वटै वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरु, सात वटै वडाका स्वास्थ्य चौकीका प्रमुखहरु र गाउँपालिका भित्रका स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: