FAQs Complain Problems

समाचार

प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. ०७७/०७८, च.न. २३, को मिति २०७७/०४/१२ को पत्रानुसार र यस कार्यालयको मिति २०७७/०५/३० को निर्णयानुसार यस बागमती गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेका रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ ।

क्र. स.

विज्ञापन नं.

पद

तह

संख्या

०१-२०७७-०७८

प्राविधिक सहायक

स्थानीय सेवाको पाँचौ तह सरह

 

१) आवश्यक न्यूनतम योग्यता र अनुभव :

(क) सिभिल इन्जिनियरिङ प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको

(ख) अनुभव र सीप : प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ :-

  • कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप भएको,
  • पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको ।

(ग) उमेर : कम्तीमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको

२) दरखास्त दिने स्थान : बागमती गाउँपालिकाको कार्यालय

३) दरखास्त दिने अन्तिम मिति : २०७७/०६/१४

४) आवेदनको दस्तुर : रु ५००।-

५) छनौट किसिम : प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा

६) आवेदन साथ संलग्न कागजातहरु : आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु

  • नागरिकता
  • न्यूनतम योग्यताको लब्धांक प्रमाणपत्र
  • चारित्रिक प्रमाण पत्र
  • अनुभव खुल्ने कागजात
  • २ प्रति पासपोर्ट आकारको फोटो

७) सेवा सुविधा : गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रकृया को दफा (११), (१२) र (१३) बमोजिम हुनेछ ।

८) पदले सम्पादित गर्नुपर्ने कार्यविवरण : गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रकृया को दफा (९) बमोजिम हुनेछ ।

नोट : आवेदनको ढाँचा र प्राविधिक सहायक पदको कार्यविवरण लगायत अन्य जानकारी www.pmep.gov.np मा उपलब्ध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: