समाचार
बागमती गाउँपालिकाले कोरोना भाइरस कोभिड -१९ काे सन्दर्भमा भएका गतिविधी एवं निर्णयहरु
- बागमती गाउँपालिकाले विश्वव्यापी रुपमा आक्रान्त पारेको कोरोनो भाइरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा विहान बेलुका खानको लागि समेत राहत प्रदान गर्नु पर्ने व्यक्ती / परिवारलाई राहत प्रदान गर्न संघीय तथा प्रदेश सरकारद्वारा जारी गरिएका मापदण्ड तथा निर्देशिका बमोजिम सबै वडाहरुले राहत पाउनेहरुको लगत २०७६ चैत्र २६ गतेसम्म गाउँपालिकामा पेश गर्ने र सो लगतको आधारमा सामाग्री खरिद गरी वडा कार्यालय मार्फत वितरण गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय गरियो ।
- बागमती गाउँपालिका भित्र आपूर्ति व्यवस्थापनका लागि प्रत्येक वडाको वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी आवश्यकता अनुसार सर्वपक्षिय समिति बनाउन निर्देशन गर्ने निर्णय गरियो ।
- बागमती गाउँपालिकामा राहत वितरण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन कार्यको लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा, सबै राजनीतिक दलका पालिका स्तरीय प्रमुखहरु, पत्रकारहरु, आवश्यकता अनुसार सरोकारवाला व्यक्ति तथा संस्थाहरुको प्रतिनिधीहरु सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरियो ।
- कोरोना संक्रमणको जोखिममा समेत काम गर्ने स्वास्थ्य तर्फका कर्मचारीहरुलाई प्रोत्साहन बापत रकम उपलब्ध गराउने निर्णय गरियो ।
- गाउँपालिकाको विपद् व्यवस्थापन कोष अन्तर्गत कोभिड–१९ नियन्त्रण कोष खडा गरी उक्त कोषमा निम्न अनुसारको रकम जम्मा हुने व्यवस्था गर्ने निर्णय गरियो र सो कोषमा प्रदेश तथा संघीय सरकारबाट प्राप्त रकम जम्मा गर्ने र आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति, संघ संस्थाहरुलाई आर्थिक सहयोगका लागि आव्हान गर्ने निर्णय गरियो ।
क. फर्निचर तथा फिक्चर्सबाट – रु ५,००,०००।–
ख. मेसिनरी औजार शीर्षकबाट – रु ३,५०,०००।–
ग. नारी दिवस कार्यक्रमबाट – रु ३,००,०००।–
घ. वडा नं. ५ को कार्यक्रमबाट – रु १,००,०००।–
ङ. वडा नं. ३ को कार्यक्रमबाट – रु १,००,०००।–
च. वडा नं. ७ को कार्यक्रमबाट – रु ५०,०००।–
छ. वडा नं. ६ को कार्यक्रमबाट – रु ५०,०००।–
ज. प्रमुख प्रशासकीय अधिकृत श्री युवराज आचार्यको एक महिनाको तलबको रकम (स्वेच्छिक)
झ. वडा नं. ३ का वडा अध्यक्ष श्री विष्णु प्रसाद तिमल्सिनाबाट रु १,०१,१०१।– (स्वेच्छिक) ।