समाचार
बागमती गाउँपालिका गाउँ सभाको १७ औँ अधिवेशन
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मा. मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यात र जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलको विशेष आतिथ्यतामा मिति २०८२/०३/०९ गते बागमती गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशन उद्घाटन भएको छ । उद्धघाटन समारोहको अध्यक्षता गाउँपालिकाको अध्यक्ष विर वहादुर लोप्चनले गर्नुभएको थियो । जि.स.स. सदस्य, बागमती गाउँपालिकाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु गाउँ सभा सदस्यहरु लगायत गाउँपालिका कर्मचारी, सुरक्षाकर्मी एवम् पत्रकारहरुको उपस्थितिमा बागमती गाउँ पालिकको अध्यक्षले गाउँपालिकाको आ.व. ०८२/०८३ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । पेश भएको नीति तथा कार्यक्रममा विशेष अतिथि र प्रमुख अतिथिले गाउँ सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उद्घघाटन समारोह लगतै बसेको गाउँ सभाको अधिवेशनले आ.व. ०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । बैठकमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले बागमती गाउँपालिकाको आ.व. ०८२/०८३ को कुल रु ६२,७३,६३,८७३ को वार्षिक बजेट पेश गर्नु भएको थियो भने विभिन्न विषयका संयोजकहरुले आ.व. ०८१/०८२ का गाउँपालिकाले गरेका वार्षिक प्रतिवेदनहरु पेश गर्नु भएको थियो । पेश भएको बजेटमा संसोधन सहित पारित गर्ने गरी गाउँ सभा समापन भएको थियो ।