FAQs Complain Problems

समाचार

बालमैत्री स्थानीय तह उन्मुख बागमती गाउँपालिका

बागमती गाउँपालिका ललितपुरले आफ्नो पालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने उद्धेश्य स्वरुप मिति २०८०/०३/०४ गते गाउँपालिकाको प्रमुख श्री विर बहादुर लोप्चनज्यूको प्रमुख आतिथ्यतामा बालमैत्री स्थानीय तह घोषणाका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका उपप्रमुख श्री भक्त बहादुर दर्लामी मगरज्यूको अध्यक्षतामा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीरामदत्त भट्ट, सात वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलका प्रतिनिधी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरुका साथै विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् संरक्षक शिक्षक लगायत बिद्यालयका बालबालिकाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बालमैत्री स्थानीय तह अभियान्ता अनुप घिमिरेले अभिमुखिकरण प्रशिक्षण गर्नु भएको थियो । बागमती गाउँपालिकालाई २०८२ चैत्र मसान्त भित्र पूर्ण बालमैत्री स्थानीय तह घोषणा गर्ने सामूहिक प्रतिवद्धता जनाइएको छ ।

आर्थिक वर्ष: