समाचार
बाेलपत्र सम्बन्धी सूचना संसाेधन गरिएकाे बारे
प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०७५/०८/०९ गते ढुंगा, बालुवा, भरान (माटाे) उत्खनन् तथा विक्री वितरण सम्बन्धी बाेलपत्र अाव्हानकाे सूचना प्रकाशन गरिएकाेमा वागमती गाउँपालिका, गाउँ कार्यपालिकाकाे मिति २०७५/०९/०२ गतेकाे बैठकले विक्री तथा निकासी ठेक्का शिर्षककाे न्यूनतम कबाेल रकम रु १,४०,००,०००। (अक्षरेपी रु एक कराेड चालीस लाख मात्र) उल्लेख गरिएकाेमा उक्त न्युनतम रकममा रु ३५,००,०००। (अक्षरेपी रु पैँतीस लाख मात्र) थप गरी १,७५,००,०००। (अक्षरेपी रु एक कराेड पचहत्तर लाख मात्र) न्यूनतम कबाेल अंक कायम गरी बाेलपत्र सम्बन्धी सूचना संसाेधन गर्ने भनी निर्णय भएकाेले सम्बन्धित सबैकाे जानकारीकाे लागि याे सूचना प्रकाशन गरिएकाे छ । बाेलपत्र सम्बन्धी कागजातहरु खरिद गरी सकेका फर्म तथा कम्पनीहरुले पुनः कार्यालयमा सम्पर्क गरी वा सार्वजनिक खरिद अनुगमन कार्यालयकाे वेभ साइट भिजिट गरी संसाेधित सूचना बमाेजिमकाे अर्काे बाेलपत्र सम्बन्धी कागजातहरु लिनुहुन जानकारी गराइन्छ ।