समाचार
विद्यार्थी भर्ना अभियान सम्बन्धमा
प्रस्तुत विषयमा गाउँ शिक्षा समितिको मिति २०७५/१२/२९ गतेको निर्णय अनुसार गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी शैक्षिक सत्र २०७६ को लागि "हाम्रो नगर हाम्रो गाउँ सबै बाल बालिकालाई विद्यालय पुर्याऔँ" भन्ने विद्यार्थी भर्ना अभियानको नारालाई सार्थक पार्न गाउँपालिकाको शैक्षिक क्यालेण्डर अनुसार वि.सं. २०७६/०१/०२ गतेदेखि बैशाख ६ गतेसम्म आफ्नो सेवा क्षेत्रभित्रका सम्पूर्ण विद्यार्थीलाई विद्यालयमा भर्ना गराउनका लागि सबै विद्यालयलाई व्यहाेरा अनुरोध छ ।