समाचार
समूह सम्बन्धि सूचना
यस बागमती गाउँपालिकामा कृषि विकास सम्बन्धी कार्यक्रम सहज रुपमा सञ्चालन गर्नको लागि नयाँ कृषक समूह दर्ता गर्न इच्छुक कृषकहरुले यस सूचना प्रकाशित भएको १५ दिन भित्र कृषि समूह दर्ता गर्नुहुन र विगतमा दर्ता गरी क्रियाशील रहेको कृषक समूहहरुले बागमती गाउँपालिका कृर्षि शाखामा तपशिल बमोजिमको कागजात सहित निवेदन पेश गर्नुहुन सूचित गरिन्छ ।
१. नयाँ कृषक समूह दर्ताको लागि
- निवेदन
- समूहको विधान २ प्रति
- समूहको वैठकको प्रतिलिपि
- समूहको सदस्यहरुको नागरिकताको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- समूहको वार्षिक कार्य योजना
- समूहको विवरण (बाली विशेष समूहको लागि मात्र)
२. कृषक समूहको नवीकरणको लागि
- निवेदन
- समूहको वैठकको निर्णयको प्रतिलिपि
- समूहको सक्कल प्रमाणपत्र
- समूहको विवरण
- समूहको वार्षिक कार्य योजना
- समूहको विधान २ प्रति
- सम्बन्धित वडा कार्यालय सिफारिस