समाचार
हार्दिक अपिल
बागमती गाउँपालिका वडा नं. ३ भट्टेडाँडाकाे छपेली निवासी श्री गुण कुमारी घिमिरेकाे घर/गाेठमा मिति २०७५/१०/१४ गते साँझ ५ः३० बजे अकस्मात अागलागी हुँदा घर/गाेठ र भित्र रहेका नगदी जिन्सी लगायतका सम्पूर्ण सामानहरु पुर्ण क्षती प्रति यस गाउँपालिका परिवार गम्भीर दुःख व्यक्त गर्दछ । यस दुःखद घडीमा सम्पूर्ण परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त मिलाेस् भन्दै क्षतीकाे राहत उपलब्ध गराउने कार्यमा सम्पूर्ण सराेकारवाला प्रति तत्काल अावश्यक सहयाेगकाे हार्दिक अपिल गर्दछाैँ । अावश्यक सबै किसिमकाे सहयाेग उपलब्ध गराउने कुरामा यस गाउँपालिका पूर्ण प्रतिबद्ध रहेकाे व्यहाेरा जानकारी गराइन्छ ।