समाचार
‘‘व्यक्तिगत घटना दर्ता सप्ताह’’ कार्यक्रम संचालन सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प.सं. २०७५/७६, च.नं. ४६५, मिति २०७५/१२/२७ को प्राप्त पत्रबाट २०७६ साल बैशाख १ गते देखि ७ गतेसम्म मुलुक भरका नागरिकहरुमा व्यक्तिगत घटा दर्ता प्रति सचेतना अभिवृद्धि गरी व्यक्तिगत घटना दर्ताको दायरा बढाउने उद्धेश्यले ‘‘व्यक्तिगत घटना दर्ता सप्ताह’’ विभिन्न कार्यक्रमका साथ मनाउन परिपत्र भएकोमा तपसिल बमोजिमको कार्यक्रमको आयोजना गराउनु हुन अनुरोध छ ।
तपसिल
१. २०७६ साल बैशाख १ गते देखि ७ गतेसम्म नागरिकमा व्यक्तिगत घटना दर्ता प्रति सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु संचालन गर्ने गराउने व्यवस्था मिलाउने ।
२. ‘‘व्यक्तिगत घटना दर्ता सप्ताह’’ कार्यक्रम अवधिभर जनप्रतिनिधि र कर्मचारीहरले आफु र परिवारका सदस्यहरुको व्यक्तिगत घटना दर्ता गर्न बाँकी रहेको भए घटना दर्ता गेर्न गराउने व्यवस्था मिलाउने ।
३. ‘‘व्यक्तिगत घटना दर्ता सप्ताह’’ कार्यक्रम अवधिभर भएका व्यक्तिगत घटना दर्ताको विवरण २०७६ साल बैशाख १० गते भित्र यस कार्यालयमा पठाउने व्यवस्था मिलाउने ।
४. व्यक्तिगत घटना दर्ता गर्ने कार्यलार्य नियमित र व्यापक रुपमा अगाडि बढाउन स्थानीय संचार माध्यमहरुको समेत उपयोग गरी कार्य गर्ने गराउने ।