समाचार
बागमती गाउँपालिका, ललितपुरका डा. आकाश अधिकारीको विदाइ कार्यक्रम
बागमती गाउँपालिका, ललितपुरका डा. आकाश अधिकारीज्यूलाई संयुक्त राज्य अमेरिकामा उच्च अध्ययन (मास्टर तह) का लागि पूर्ण छात्रवृत्ति हासिल गर्नुभएकोमा हामी अत्यन्त गौरवान्वित छौं।
गाउँपालिकामा कार्यरत रहँदै उहाँले प्रदर्शन गर्नुभएको उच्च समर्पण तथा उत्कृष्ट कार्यसम्पादन सराहनीय रहेको छ। उहाँको कर्तव्यनिष्ठा र लगनशीलताले संस्थाको गरिमा अभिवृद्धि गर्नुका साथै अन्यका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
उच्च शिक्षा आर्जन गर्ने यस महत्वपूर्ण यात्रामा उहाँको निरन्तर प्रगति, सफल अध्ययन तथा उज्ज्वल भविष्यको हार्दिक कामना व्यक्त गर्दछौं।








