FAQs Complain Problems

समाचार

वागमती गाउँपालिकाको आ.व. ७५/७६ को बजेट

मिती २०७५-३-१० मा वागमती गाउँपालिकाको तेस्रो गाउँशभा सम्पन्न भयो । उक्त सभामा गाउँपालिका अधक्ष्य श्री बिर बहादुर लोप्चनज्यु बाट आ.व. ७५/७६ को निती तथा कार्यक्रम प्रस्तुत भयो । गाउँपालिका उपाधक्ष्य श्री रन्जना तिमल्सिनाज्यु बाट आ.व. ७५/७६ को गाउँपालिका बजेट प्रस्तुत भयो । उक्त बजेटमा अनुमानित कुल बित्तिय समानिकरण तथा आन्तरिक आय प्रक्षेपण तर्फ १६ करोड ३६ लाख, नेपाल सरकारको ससर्त अनुदान १४ करोड २० लाख र प्रदेश सरकारको ससर्त अनुदान ३ करोड ११ लाख ५८ हजार गरी कुल अनुमानित आय ३३ करोड ६७ लाख ५८ हजार , खर्च तर्फ अनुमानित पुँजिगत खर्च कुल ११ करोड ८२ लाख ९० हजार, अनुमानित चालु बजेट खर्च कुल ४ करोड ५३ लाख १० हजार नेपाल सरकारको ससर्त अनुदान १४ करोड २० लाख र प्रदेश सरकारको ससर्त अनुदान ३ करोड ११ लाख ५८ हजार गरी कुल व्यय रकम ३३ करोड ६७ लाख ५८ हजार रहेको छ ।  साथै कार्यक्रममा गाउँपलिकाको वार्षिक क्यलेन्डर र डायरी बिमोचन एवम गाउँपालिकाको आ.व. ७४/७५ को उत्कृष्ट कर्मचारीको रुपमा वागमती गाउँपालिका वडा ३ मा कार्यरत राजु थापालाई सम्मान गरियो  

आर्थिक वर्ष: