बागमती गाउँपालिका वडा नं ३ मा सहयाेगी संस्था सेसी नेपाल र सल्भ नेपालकाे सहकार्यमा सञ्चालित जिविकाे पार्जन प्रबर्धन परियाेजना र सुसान परियाेजनाहरुकाे गाउँपालिका पदाधिकारी, कर्मचारी, सम्बन्धित परियाेजनाका पदाधिकारी, कर्मचारीहरुबाट सम्पन्न अनुगमन
समाचार
ग्यालरी
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत बागमती गाउँपालिकामा भएकाे छलफलकाे झलक
"नतिजामुखी प्रशासन : सम्बृध्दि र सुशासन" भन्ने मुल नाराका साथ १५ अाैँ निजामती दिवसकाे पावन अवसरमा बागमती गाउँपालिका भट्टेडाँडा ललितपुरमा प्रभातफेरी, वृक्षाराेपण, बिरामीहरूलाइ फलफूल वितरण, स्वच्छ वातावरणका लागि डस्टविन वितरण एवम्ं कर्मचारीहरूलाइ खेलकुद कार्यक्रमहरू गरि मनाइयाे ।
बागमती गाउँपालिकाले महिलाहरूकाे महान चाड हरीतालिका तिजकाे अवसरमा पर्यटकीय क्षेत्र बागमती गाउँपालिका वडा नं. ३ तीनपाने राडरमा अायाेजना गरेकाे तीज कार्यक्रम २०७५-०५-२१
मिती २०७५-३-१० मा वागमती गाउँपालिकाको तेस्रो गाउँशभा सम्पन्न भयो । उक्त सभामा गाउँपालिका अधक्ष्य श्री बिर बहादुर लोप्चनज्यु बाट आ.व. ७५/७६ को निती तथा कार्यक्रम प्रस्तुत भयो । गाउँपालिका उपाधक्ष्य श्री रन्जना तिमल्सिनाज्यु बाट आ.व. ७५/७६ को गाउँपालिका बजेट प्रस्तुत भयो । साथै कार्यक्रममा गाउँपलिकाको वार्षिक क्यलेन्डर र डायरी बिमोचन एवम गाउँपालिकाको आ.व. ७४/७५ को उत्कृष्ट कर्मचारीको रुपमा वागमती गाउँपालिका वडा ३ मा कार्यरत राजु थापालाई सम्मान गरियो ।
वागमती गाउँपालिकामा मिती २०७५-०२-३१ गते बिहीवार सम्पन्न सार्वजनिक सुनुवाइ एवम बाल विकास केन्द्र ECD का शिक्षिकालाई प्रोत्साहन भत्ता वितरण कार्यक्रमका झलकहरु । थप फोटोहरु हाम्रो फेसबुक लिन्क्मा हेर्नु होला https://www.facebook.com/pg/bagmatimunlalitpur/photos/?tab=album&album_i...
जिल्ला समन्व्य समिति, ललितपुरको आयोजनामा गाउँ कार्यपालिका पदधिकारी र कर्मचारीहरुका लागी योजना तथा बजेट विषयक क्षमता अभिबृधी कार्यक्रमका केहि झलक २०७५-०२-१३ र १४
वागमती गाउँपलिकमा निर्वाचनबाट जनप्रतिनिधी चुनिएको आज २०७५-०२-०४ गते १ बर्ष भयो । यही वार्षिकोत्सवको उपलक्ष्यमा कर्मचारीहरुको तर्फबाट केक काटेर २ वोटा मैनबत्ती बाली जनप्रतिनिधिहरुलाई आगामी दिनहरुमा सफल कार्यकालको शुभकामना व्यक्त गरी मनइयो ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख अम्वर बहादुर खड्का, जिल्ला समन्वय अधिकारी दुर्गादेवी देवकाेटा एवम् अन्य पदाधिकारीहरूबाट वागमती गाउँपालिकाकाे कार्यालय अनुगमन गर्दाकाे केही झलकहरू २०७५–०२–०१