FAQs Complain Problems

वागमती गाउँपालिकाको परिचय

मिति २०७३ फाल्गुन २२  ललितपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश सभा ख अन्तर्गतका साविक सातवटा गा.वि.स.हरु क्रमस घुसेल्, माल्टा, भट्टेडाँडा, प्युटार्, इकुडोल्, आश्राङ, गिम्दी (हाल क्रमस वागमती गाउँपालिका वडा नं १,२,३,४,५,६,७) मिलाएर वागमती गाउँपालिका घोषणा भएको थियो । १११.४९ कि.मि. स्क्वायर कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा महाङ्काल गाउँपालिका, पश्चिममा काठमाडौं जिल्ला, उत्तरमा गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका, दक्षिणमा मकवानपुर जिल्ला रहेका छन् । वि स २०७८ को जनगणना अनुसार ११,३५३ जनसंख्या रहेको यो गाउँपालिकको जनघनत्व १०२  व्यक्ती प्रती कि.मि. स्क्वायर रहेको छ । हिन्दू र बुद्ध धर्मको बहुल्यता रहेको यस गाउँपलिकामा विभिन्न जातजातीहरुको  बसोबास रहेको छ । ब्राम्हण (पहाडी) जाति, तामाङ, क्षेत्री लगायत मगर, दमाइ, कामि, घले, ब्रह्मु लगायत जातीहरु रहेका छन् । यहाँ नेपाली भाषा पछाडी बोलिने अन्य भाषाहरुमा तामाङ र मगर नै हुन् । दशै, तिहार, कृष्णजन्माष्टमी तीज्, बुद्ध पुर्णिमा, लोसार यहाँका प्रमुख चाडपर्व हुन् । औषत पारिवारिक आम्दानीमा कृषि  र गाइवस्तु पालन व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगटेको यहाँ माल्टा फाँट, भट्टेडाँडाको राडर क्षेत्र, सिद्देस्वोर महादेव, महाङकालस्थान मन्दिर्, इकुडोलको माझखण्ड बुद्ध बिहार्, आश्राङको घ्याम्पे दह्, गिम्दीको चमेरो गुफा जस्ता पर्यटकिय सम्भावना बोकेका ठाउँहरुलाई प्रचार प्रसार गर्न सकेमा वागमती गाउँपालिका हुँदै काठमाडौं र हेट्टौडा जोड्ने छोटो दुरिको कान्ती लोकपथमा हिंड्ने मानिसहरुको प्रमुख पर्यटकिय गन्तव्यस्थल बिकास हुनेछ र पर्यटकिय व्यवसाय पनि आयआर्जनको प्रमुख स्रोत हुनसक्नेछ जसले गर्दा हाल उत्पादन भई आयात हुने दुध्, धान, गहुँ, मकै, भटमास, तोरि, फापर्, कोदो, दाल्, केराउ, सिमि, बोडि, फर्सि, काक्रोँ, कुखुराहरुले स्थानिय तहमानै उचित बजार मुल्य  पाउनेछन् । शिक्षा नै समाजको चेतना बिकास गर्ने आधार भएकोले यस गाउँपलिका भरी आधारभुत एवम् मध्यामिक गरी कुल ४९ वटा विद्यालयहरु सन्चालन भइरहेका छन् । स्वास्थ्य समस्याहरुलाई समाधान एवम् रोकथामका लागि प्रत्यक वडाहरुमा प्राथमिक स्वास्थ्य चौकीहरु रहेका छन् ।

बाेलपत्र सम्बन्धी सूचना संसाेधन गरिएकाे बारे

प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०७५/०८/०९ गते ढुंगा, बालुवा, भरान (माटाे) उत्खनन् तथा विक्री वितरण सम्बन्धी बाेलपत्र अाव्हानकाे सूचना प्रकाशन गरिएकाेमा वागमती गाउँपालिका, गाउँ कार्यपालिकाकाे मिति २०७५/०९/०२ गतेकाे बैठकले विक्री तथा निकासी ठेक्का शिर्षककाे न्यूनतम कबाेल रकम

दस्तावेज: 

दाेश्राे त्रैमासिक परिक्षा २०७५

बागमती गाउँपालिका स्तरीय परीक्षा समितिकाे मिति २०७५ मंसिर २० गतेकाे बैठककाे निर्णय अनुसार र शैक्षिक क्यालेण्डर अनुसार मिति २०७५ पाैष ४ गते ११:०० बजेबाट संचालन हुने दाेश्राे त्रैमासिक परीक्षाकाे तालिका निम्न अनुसार रहेकाेले साेही तालिका अनुसार व्यवस्थित र

युवराज आचार्य

Image: 
ईमेल: 
yubarajkopm@gmail.com
फोन: 
9852040721
Section: 
प्रशासन

निशुल्क स्वास्थ्य शिबिर

वागमती गाउँपालिका वार्ड न ३ भट्टेडाँडाको आयोजनामा हुन लागेको  निशुल्क स्वास्थ्य शिबिरमा उपस्थित भइ स्वास्थ जाँच गराउन सकिने सुचना जानकारी गरिन्छ।

Pages

//